चितवन, असोज ६ – वन प्राविधिक समाज चितवनको बाह्रौं साधारण सभा डिभिजन वन कार्यालय परिसर, चितवनमा सम्पन्न भएको छ। सभा आगामी बडादशैं, शुभ-दीपावलीलगायत चाडपर्वहरूका अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रमसहित सम्पन्न गरिएको हो।
साधारण सभामा समाजका संरक्षक एवं पूर्व वन विभाग महानिर्देशक श्री गोकुलराज पाण्डे, प्रदेश सचिवज्यूहरू, डिभिजनल वन अधिकृतज्यूहरू, प्रमुख संरक्षण अधिकृतज्यूहरू, सल्लाहकारज्यूहरू, आजीवन तथा साधारण सदस्य, वन प्राविधिक तथा शुभेच्छुकहरूको गरिमामय उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा समाजको वार्षिक गतिविधि प्रस्तुतिकरण, संगठन सुदृढीकरण, भावी कार्ययोजना निर्माणलगायत विषयमा छलफल गरिएको थियो। चाडपर्वको अवसर पारेर शुभकामना आदान-प्रदान पनि गरिएको थियो, जसले समाजभित्र सहकार्य, समन्वय र एकताको भावना अभिवृद्धि गर्न योगदान पुर्याएको छ।
कार्यक्रमको सफल आयोजनामा योगदान पुर्याउने सम्पूर्ण अतिथि, सदस्य तथा सहभागिहरूप्रति वन प्राविधिक समाज चितवनले आभार प्रकट गरेको छ।





