भरतपुर, मंसिर ३, २०८० — वन प्राविधिक समाज चितवनको आयोजनामा “वन सम्पदन प्रणालीमा आधारित वन व्यवस्थापन” विषयक अभिमुखीकरण गोष्ठी आइतबार भरतपुरस्थित चितवन गार्डन रिसोर्ट (CGR) मा सम्पन्न भयो।
समाजका अध्यक्ष श्री दुर्गा बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका वन सचिव श्री मोहन काफ्ले विशेष अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रमको सहजिकरण वन व्यवस्थापन विज्ञ श्री विजय राज सुवेदी र श्री इश्वरी प्रसाद पौडेलले गर्नुभएको थियो।
गोष्ठीमा चितवन र नवलपुर जिल्लाबाट आएका ४० जना वन प्राविधिकहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले वैज्ञानिक र दिगो वन व्यवस्थापनका अभ्यास, चुनौती र सम्भावनाहरूका विषयमा गहन छलफल गरेका थिए।
वक्ताहरूले वन सम्पदन प्रणालीमा आधारित योजना निर्माणमार्फत दीर्घकालीन पर्यावरणीय र आर्थिक लाभ सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमले चितवन र आसपासका जिल्लामा दिगो वन व्यवस्थापन प्रवर्द्धन गर्ने उद्देश्यसहित सरोकारवाला निकायहरूबीच सहकार्य र समझदारी बढाउने अपेक्षा गरिएको छ।




